सुदूर नेपाललाई विश्वसँग जोड्दै

युवा संघ कञ्चनपुर संगठन सुदृढीकरणका लागि अभियानको तयारीमा

२०८० साउन ५, ०६:०८ खबर संवाददाता

कञ्चनपुरः  नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुरमा बिहीबार बसेको पहिलो पूर्ण बैठकले जिल्लाभर सदस्यता वितरणसंगै संगठन सुदृढिकरणलगायत विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ।

राष्ट्रिय युवा संघ नेपालका आयोजक कमिटी संयोजक दिनेश विष्टको अध्यक्षतामा बसेको उक्त बैठकले जिल्लाभर सदस्यता वितरण गर्ने निर्णय गरेको छ। ‘जिल्लाभर करिब ६ हजार सदस्य पुर्‍याउने योजनाका साथ काम अघि बढाइएको छ,’ विष्टले भने, ‘युवा संघलाई पालिका स्तरसम्म बिस्तार गरिने छ।’

संगठन भएका पालिकाहरुमा बैठक र प्रशिक्षणलगायत कार्यक्रम राखेर युवा संघलाई चुस्त बनाइने र नभएका पालिकाहरुमा संगठन बिस्तार गरिने विष्टले बताए।

कमेन्ट लोड गर्नुस