भाटभटेनीका सञ्चालक मीनबहादुरसहित ३ जना थुनामुक्त नहुने

काठमाडौंः सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका भाटभेटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित तीनजनालाई थुना मुक्त नगर्न आदेश दिएको छ।
गुरुङसहित पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह र धर्मप्रसाद गौतमको बन्दी प्रत्यक्षीकरणको रिट आज खारेज गरेको हो। गौतम मालपोत कार्यालयका पूर्व कर्मचारी हुन्। आज न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले उनीहरू तीनैजनाको पक्राउ गैरकानुनी नभएको भन्दै उक्त रिट खारेज गरेको होे। उनीहरूविरूद्ध बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा व्यक्तिको नाममा पुर्याएको आरोप छ।
योसँगै सञ्चार सचिव कृष्णबहादुर राउतलाई भने अदालतले थुनामुक्त गर्न आदेश दिएको छ।



