सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना

२०८० साउन ५, ०५:३५ खबर संवाददाता

धनगढीः  कैलालीमा मोटरसाइकल एकआपसमा ठोक्किएर शुक्रवार दुर्घटना भएको छ।

जिल्लाको कैलारी गाउँपालिका–५ मनिकापुरमा दुर्घटना भएको हो। से ७ प २९५३ नम्बरको अमृत रानाले चलाएको मोटरसाइकल र से ६ प २८५३ नम्बरको सन्जु चौधरीले चलाएको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो। जिल्लाको गोदावरी नगरपालिका–५ का २७ वर्षीय अमृत राना सामान्य घाईते भएका छन्।

त्यस्तै अर्का चालक कैलारी गाउँपालिका–३ का सन्जु चौधरीलाई बढी चोट लागेकोले नोभा अस्पताल धनगढीमा उपचार भैरहेको प्रहरीले जनाएको छ। चौधरीको बाइक पछाडि सवार दुई जना सामान्य घाइते भएका छन्। उनीहरुको हसुलिया अस्पाल कैलारीमा उपचार भइरहेको छ।  

कमेन्ट लोड गर्नुस