सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका मानबहादुर कञ्चनपुरबाट लागुऔषधसहित पक्राउ

२०८० साउन ५, ०१:५९ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीका मानबहादुर राना कञ्चनपुरको पुनर्वास नगरपालिका–५ सिम्री पुलबाट लागूऔषधसहित पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिक–११ बेलाका ३३ वर्षीय राना ३ ग्राम लागुऔषधसहित पुनर्वासबाट पक्राउ परेका हुन्। बिहीबार दिउँसो लागुऔषधसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले भारतको खजुरियाबाट धनगढीतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–०११ प २२६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनी लागुऔषधसहित पक्राउ परेका हुन्।

कमेन्ट लोड गर्नुस