सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको मेनरोडको काम अलपत्र नपार्न आयोजना कार्यान्वयन इकाईलाई रास्वपाको पत्र

२०८० साउन ४, ०७:५७ खबर संवाददाता

धनगढीः  धनगढीको चौराहदेखी कैलालीपुलसम्मको सडक स्तोरउन्नती गर्न ढिलो गरेको भन्दै रास्वपा धनगढी कमिटीले बिहीवार ज्ञापन पत्र बुझाएको छ।

कमिटीले आयोजना कार्यान्वयन इकाईलाई ज्ञापनपत्र बुझाएको हो। पत्रमा भनिएको छ, ‘धनगढी चौराहादेखि कैलाली नालासम्म सडक स्तरोन्नती सम्बन्धी परियोजनाको जिम्मेवारी पाएको कालिका कन्स्ट्रक्सन प्रा.लि.ले पटक पटक म्याद थप गर्दा पनि निर्माण कार्य सुचारु नगरि योजना अलपत्र पारी सक्रिय नदेखिएको कारण सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानीको मुख्य सडक खण्ड वर्षातमा हिलाम्य तथा अन्य समयमा व्यापक धुलो उड्ने गनाले धनगढी बजार कुरुप देखिनुका साथै सर्वसाधारणलाई आवत जावत, दैनिक जनजीवन, हिडडुल तथा स्वास्थ्यमा व्यापक समस्या देखिएको जनगुनासो आएकाले राष्ट्रिय स्वतन्त्र पार्टी धनगढीको ध्यानाकर्षण भएको छ।’ के कति कारणले ढिलासुस्ती गरेको हो, त्यस बारेमा जाँचबुझ गरी सम्झौता अवधिभित्र नै निर्माण कार्य सम्पन्न गर्न राष्ट्रिय स्वतन्त्र पार्टी धनगढीले ध्यानाकर्षण गराएको पार्टीले जनाएको छ।

निर्माण कम्पनीले समयमा निर्माण कार्य सुरु नगरी आलटाल गरेको देखिएमा आफूहरु दबावमूलक कार्यक्रम गर्न बाध्य हुने बताइएको छ।

कमेन्ट लोड गर्नुस