सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्तव्य ज्यान मुद्धामा फरार रहेका एक जना १७ वर्षपछि पक्राउ

२०८० साउन ४, ०६:०९ खबर संवाददाता

धनगढीः  कैलालीमा कर्तव्य ज्यान मुद्धामा फरार रहेका एक जना १७ वर्षपछि पक्राउ परेका छन्।

जिल्लाको गोदावरी नगरपालिका–११ का ६५ वर्षका माने कामीलाई आज(बिहीवार) पक्राउ गरेको हो। मानेलाई जिल्ला अदालत कैलालीले २०६३ मंसिर २५ गते कर्तव्य ज्यान मुद्धामा ७ वर्ष १ महिना कैद सजाय तोकेको थियो।

उनलाई बिहीबार पक्राउ गरि कारबाहीका लागि जिल्ला अदालत कैलालीमा पेश गरिएको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस