सुदूर नेपाललाई विश्वसँग जोड्दै

आफूमाथि लागेको आरोप पुष्टि गर्न सबैलाई आह्वान

२०७६ वैशाख ६, ०७:१३ खबर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले आफूमाथि लागेको आरोप पुष्टि गर्न सबैलाई आह्वान गरेको छ। प्रधानमन्त्री निवास बालुवाटार नजिकै रहेको ललिता निवासको जग्गाको विषयमा आफूमाथि अनर्गल आरोप लगाइएको भन्दै त्यसको पुष्टि गर्न विज्ञप्तिमार्फत उनले आह्वान गरेको हो।

सरकारी जग्गा हिनामिनामा आफ्नो संलग्नता नरहेको दाबी गर्दै उनले ललिता निवास परिसरको कित्ता नं. ३०९ को आठ आना जग्गा आफ्नो छोरा नवीन पौडेलको नाममा कानुनबमोजिम नै खरिद गरिएको बताए।

सरकारी जग्गा हडप्ने मनसायले कागज श्रेस्ता मिलाई किर्ते, जालसाजी वा गैरकानुनी कार्य गरी जग्गा दर्ता गर्ने वा गराउने कुनै पनि कार्यमा आफू र आफ्नो परिवारका कुनै पनि सदस्यको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता नरहेको र कहिल्यै पनि नरहने पनि उनले अवगत गराएका छन्।

सरकारी जग्गा हडप्ने जस्ता अपराधजन्य गतिविधि आफूले सोच्न समेत नसक्ने उनले प्रष्ट पारेका छन्। 

कमेन्ट लोड गर्नुस