सुदूर नेपाललाई विश्वसँग जोड्दै

नौँ लाख बढीका भन्सारछलिका सामानसहित एक जना पक्राउ

२०८० साउन ४, ०५:४९ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा भन्सार छलिका सामान र कारसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका–४ बाट भन्सार छलिका मोबाईलका कभर, मोबाईल चार्जर, विभिन्न स्टेशनरीका सामान र सामान बोकको कारसहित एक जना पक्राउ परेको प्रहरीले जनाएको छ।

अन्दाजी ९ लाख ४० हजार मुल्य बराबरकोे सामान र एक थान कार बरामद गरेको हो। बरामद गरेको सामान र मानिसलाई कारबाहीका लागि भन्सार कार्यलय गड्डाचौकी पठाएको छ।
 

कमेन्ट लोड गर्नुस