सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका सांसदले प्रयोग गर्ने लोगो परिमार्जन हुने

२०८० साउन ४, ११:१४ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश सभा र प्रदेश सभाका सदस्य (सांसद)हरुले प्रयोग गर्ने लोगो परिमार्जन हुने भएको छ। सुदूरपश्चिम प्रदेश सभाले लोगो संसोधन समिति बनाएर संसद र सांसदले प्रयोग गर्ने लोगो परिमार्जन गर्न लागिएको हो। समितिले श्रावण १८ गते भित्र प्रदेशको पहिचान झल्किने उपयुक्त लोगो बनाउन आग्रह गरेको छ। 

पूर्व मुख्यमन्त्री त्रीलोचन भट्ट नेतृत्वको प्रदेश सरकार हुँदा २०७४ चैत २६ गते प्रदेशसभाको बैठकबाट प्रदेशको लोगो निर्धारण गरेको थियो। डोटीको शिखर नगरपालिका–९ का टेकबहादुर किमाडीले दिएको नमुनालाई लोगो निर्धारण समितिले संसदमा सिफारिस गरेको थियो। उक्त लोगोलाई संसद बैठकले सर्वसम्मत रुपमा पारित गरेको थियो।

मुख्यमन्त्री कमलबहादुर शाहको नेतृत्वमा रहेको प्रदेश सरकारले फेरि लोगो परिमार्जन गर्ने भएको हो। लोगो निर्धारण समितिले लोगोको उचित नमुना दिनेलाई सम्मानसमेत गर्ने जनाएको छ।

कमेन्ट लोड गर्नुस