सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रियसभाको बैठक आज बस्दै

२०८० साउन ४, ०७:२७ खबर संवाददाता

काठमाडौं: राष्ट्रियसभाको बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजेर १ मिनेटमा बस्ने संसद् सचिवालयले जनाएको छ। यसअघि, गत आइतबार बैठक अनिश्चितकालका लागि स्थगित गरिएको थियो।

सोमवार दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी निर्धारित बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको थियो। आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। 

कमेन्ट लोड गर्नुस