सुदूर नेपाललाई विश्वसँग जोड्दै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै १०० किलो सुन बरामद, तीन पक्राउ

२०८० साउन ४, ०६:०१ खबर संवाददाता

काठमाडौंः राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट झण्डै १०० किलो सुन बरामद गरेको जनाएको छ। बुधवार साँझ विशेष अपरेशन चलाएको विभागले ८० देखि १०० किलो बराबरको सुन बरामद गरेको जानकारी दिएको छ ।

विभागका महानिर्देशक नवराज ढुङ्गानाले ८० देखि १०० किलो बराबरको सून बरामद भएको र थप अनुसन्धान जारी रहेको बताए। उक्त सुन ओसारपसरासमा संलग्न रहेका तीन जनालाई पक्राउ गरिएको छ। तर उनीहरु तल्लोतहका रहेका बताइएको छ। ठूला तस्कर भने पक्राउ परेका छैनन्। हङ्कङबाट आएको सुन विमानस्थल पास भएर ट्याक्सीमा लैजान लागिएको अबस्थामा बरामद गरिएको हो। आज थप विवरणहरु खुल्ने जनाइएको छ। 

कमेन्ट लोड गर्नुस