सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमालेको कार्यवाहक अध्यक्षमाः पोखरेल

२०८० साउन ३, ०५:५६ खबर संवाददाता

काठमाडौंः  नेकपा (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई दिइएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओली गएराति कम्बोडिया हुने निर्वाचनको पर्यवेक्षकका लागि त्यसतर्फ गएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पोखरेललाई दिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए। उनका अनुसार अध्यक्ष ओलीले संसदीय दलको कार्यवाहक नेताकोे जिम्मेवारी उपनेता सुवासचन्द्र नेम्वाङलाई दिएका छन्।

अध्यक्ष ओली गएराति पत्नी राधिका शाक्य, पार्टीको उपमहासचिव विष्णु रिमाल, उनका स्वकीय सचिव राजेश बज्राचार्यसहित कम्बोडिया गएका छन्। ओली यही साउन ८ गते स्वदेश फर्किने छन्।
 

कमेन्ट लोड गर्नुस