सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा इन्जिनियर्स दिवस मनाइयो

२०८० साउन ३, ०४:४२ खबर संवाददाता

धनगढीः नेपाल इन्जिनिर्यस एशोसिएसन, सुदूरपश्चिम प्रदेशले ६१औँ इन्जिनियर्स दिवस मनाएको छ। बुधवार धनगढीमा एक कार्यक्रम गरी दिवस मनाएको हो। 

कार्यक्रमको प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी रहेका थिए। कार्यक्रमा प्रदेश प्रमुख जोशीले विकासको मेरुदण्ड पूर्वाधारसँग जोडिएका व्यक्तित्वहरु इन्जिनियरको देश निर्माणमा महत्वपूर्ण भूमिका रहने गरेको बताए। उनले आफ्नो क्षेत्रबाट इन्जिनियरको हकहितमा जहिले पनि सकारात्मक रहेको धारणा व्यक्त गरे।

कार्यक्रममा इन्जिनीयर क्षेत्रमा रहेर सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा कार्यरत कर्मचारीहरुलाई सम्मान समेत समेत गरिएको छ।  प्रदेश प्रमुख जोशीले खादा र कदरपत्र दिएर उनीहरुलाई सम्मान गरेका हुन । सम्मानित हुनेहरुमा नेपाल इन्जिनिर्यस एशोसिएसन सुदूरपश्चिम पूर्व अध्यक्ष इन्जिनियर लवप्रसाद जोशी, सुदूरपश्चिम विश्वविद्यालयमा कार्यरत इन्जिनियर किसनदत्त भट्ट, भौतिक पूर्वाधार मन्त्रालय सुदूरपश्चिमका सचिव प्रेमदत्त भट्ट, केएस कन्ट्रक्सनका इन्जिनियर भीमबहादुर पाल र बुढीनन्दा नगरपालिका बाजुरा उपमेयर इन्जिनीयर सृष्टि रेग्मी छन। 

नेपाल इन्जिनिर्यस एशोसिएसन सुदूरपश्चिम प्रदेशका अध्यक्ष प्रदिपकुमार पन्तको अध्यक्षतमा भएको कार्यक्रममा नेपाल टेलिकम प्रादेशिक कार्यालय निर्देशक किशोरकुमार भट्ट पूर्वाधार कार्यालय सुदूरपश्चिमका निर्देशक जगतप्रसाद जोशी लगायतको उपस्थिति रहेको थियो। एशोसिएसन सुदूरपश्चिम प्रदेशका उपाअध्यक्ष भाष्कर चटौतले स्वागत मन्तव्य व्यक्र गरेको कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत इन्जिनीयर, पत्रकाहरुको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन इन्जिनीयर हरेन्द्रबिक्रम शाहले गरेका हुन्। 

यस अघि धनगढी ट्राफिक चौराहदेखि डेभिटी होटलसम्म प्रभात फेरि समेत निकालिएको थियो।
 

कमेन्ट लोड गर्नुस