सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको एक होटलमा युवाहरुबिच झडप, चार घाइते

२०८० साउन २, ११:४४ खबर संवाददाता

दार्चुलाः दार्चुलाको सदरमुकाम क्षेत्रमा रहेको एक होटलमा युवाहरुबिच झडप भएको छ।

दार्चुलाको महाकाली नगरपालिका–४ मा रहेको अपि होटल एण्ड रेष्टुरेन्टमा विवाद भई झडप हुँदा चार जना युवा घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए। घाइते हुनेमा राष्ट्रिय युवा संघ नेपाल दार्चुलाका अध्यक्ष अनिलसिंह ठगुन्ना, नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष चरनसिंह बुढाथोकी, महाकाली नगरपालिका–१ मलेराका प्रकाशसिंह कार्की र सोही ठाउँकै प्रकाशसिंह कार्की रहेको उनले बताए।

होटेलमा विवाद हुँदा वियरका बोतल हानाहान गर्दा चारै जना घाइते भएको बताइएको छ। जिल्ला अस्पताल दार्चुलामा प्राथमिक उपचारपछि चारै जनालाई थप उपचारको लागि धनगढी रिफर गरिएको प्रहरीले जनाएको छ। घाइतेमध्ये अनिलसिंह ठगुन्ना र प्रकाशसिंह कार्कीको टाउकोमा चोट लागेको छ। यस्तै, प्रकाश कार्की र चरनसिंह बुढाथोकीको भने हात र शरिरमा चोट लागेको छ। प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस