कुवेतमा एक नेपालीको मृत्यु

कुवेतमा एक नेपालीको मृत्यु भएको छ। कुवेतको साल्मियास्थित समुन्द्रमा पौडी खेल्ने क्रममा डुबेर बागलुङका राजन छन्त्यालको मृत्यु भएको हो। गत शनिवार समुन्द्रमा पौडी खेल्ने क्रममा डुबेर छन्त्यालको मृत्यु भएको कुवेत प्रहरीले जनाएको छ।
पौडी खेल्ने क्रममा अन्य दुई नेपाली डुबेर सिकिस्त बिरामी भएका थिए। उनीहरूलाई सँगै गएका साथीहरूले उद्धार गरेका थिए। बिरामीको उपचार भइरहेको नेपाली दूतावास श्रोतले जनाएको छ। दूतावासका अनुसार मृतकबारे दूतावासलाई जानकारी आएको भन्दै आवश्यक कानुनी प्रक्रिया पूरा गरेर शव चाँडै नेपाल पठाउने तयारी थालिसकेको छ।
.gif)


