सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा प्रहरीका सई कार्यालयमै मदिरामा लठ्ठ भेटिएपछि

२०७६ वैशाख ६, ०३:४६ खबर संवाददाता

बिहिवार सडक योजनाको विषयमा कैलालीको गोदावरी नगरपालिका वडा नम्वर १ का स्थानीय र जनप्रतिनिधि विच भएको विवाद ईलाका प्रहरी कार्यालय मालाखेती सम्म नै पुग्यो। पूर्वपश्चिम राजमार्गदेखि बसन्तपुर जोड्ने २ सय ९० मिटर सडक कालोपत्रेको योजना कार्यान्वयन गर्दा भएको विवाद चौकी सम्म पुगेको हो। वडा नम्वर १ का स्थानीयले योजना अपुरो भएको भन्दै जनप्रतिनिधिलाई गालीगलौज गरेको आरोप लाग्यो र जनप्रतिनिधिले विवाद समाधानका लागि प्रहरमिा निवेदन दिए। तर सो समयमा ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी निरिक्षक किशनबहादुर चन्द बाहिर भएकाले प्रहरी नायव निरिक्षक धनबहादुर बोहरा कार्यालयमा थिए।

तर वडा नम्वर १ का सदस्य कृतवहादुर चन्दले भने बोहरा मदिरामा लठ्ठ भेटिएका आरोप लगाए। स्थानीय र जनप्रतिनिधिबीच विवाद हुँदा पनि मदिरामा लठ्ठ प्रहरी नायव निरिक्षक बोहराले प्रहरी टोली नपठाएको आरोप उनको छ। केहि समयपछि जिल्ला प्रहरी कार्यालयमा सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीका छोरा भिष्म सुवेदीले फोन गरेपछि मात्रै प्रहरी निरिक्षको कमाण्डमा टोली पठाएका थिए। स्थानीयले भने विकासको माग गर्दा पक्राउ गर्न खोजेको भन्दै प्रहर चौकी नै घेराउ गरेका थिए। यस्तै मदिरामा लठ्ठ प्रहरी नायव निरिक्षकलाई कारवाहीको लागि अहिले छानविन भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। उनले बोहरालाई जिल्ला प्रहरीमा हिजो राती नै बोलाएर छानविन भईरहेको जानकारी दिए। 

कमेन्ट लोड गर्नुस