सुदूर नेपाललाई विश्वसँग जोड्दै

परराष्ट्र मन्त्री साउद र भारतीय विदेश मन्त्रीबीच थाइल्याण्डमा भेटवार्ता

२०८० साउन १, ०५:०६ खबर संवाददाता

परराष्ट्र मन्त्री एनपी साउद र उनका भारतीय समकक्षी एस जयशंकरबीच थाइल्याण्डमा भेटवार्ता भएको छ।

राजधानी बैंककमा भएको भेटबारे ट्वीटरमा जानकारी दिँदै भारतीय विदेशमन्त्री जयशंकरले मिलेर काम गर्ने समझदारी भएको उल्लेख गरेका छन्। बैंककमा बिमस्टेक राष्ट्रका परराष्ट्र मन्त्रीको रिट्रिटका क्रममा साउद र जयशंकरबीच साइडलाइन वार्ता भएको हो।

‘नेपालका परराष्ट्र मन्त्री नारायणप्रकाश साउदसँगको भेट राम्रो भएको छ’, भारतीय विदेशमन्त्री जयशंकरले ट्वीटरमा लेखेका छन्, हाम्रा नेतृत्वहरुले तय गरेको सहयोगको एजेण्डा कार्यान्वयनमा नजिकबाट काम गर्न सहमत भएका छौं।’
आइतबार थाइल्याण्ड गएका मन्त्री साउद मंगलबार स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस