रानी जमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा एक बालिका बेपत्ता

धनगढीः कैलालीमा सिँचाइ आयोजनाको नहरमा एक बालिका बेपत्ता भएकि छन्।
दिउँसो रानीजमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा नुहाउने क्रममा दुई बालिका बगेकि थिइन्। जिल्लाको लम्कीचुहा नगरपालिका–३ बलचौरका दिपक चौधरीकि ६ वर्षीया छोरी रीतिका चोधरी बेपत्ता भएकि हुन्। सोहि ठाउँकि ९ वर्षीया आकृति चौधरीको भने लगत्तै स्थानीयले उद्धार गरेका थिए।
बेपत्ता बालिकाको खोजिकार्य भइरहेको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ।

