सुदूर नेपाललाई विश्वसँग जोड्दै

सिटिईभिटीद्वारा डिप्लोमा तथा प्रमाणपत्र तहको खुल्ला कोटाका लागि आवेदन फाराम खुल्ला (सूचना सहित)

२०८० असार ३०, ०८:१९ खबर संवाददाता

धनगढीः  प्राविधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद् परीक्षा नियन्त्रण कार्यालयबाट संचालन गरिएका डिप्लोमा तथा प्रमाणपत्र तहकालागि आवेदन खुल्ला गरिएको छ।

तपसिल बमोजिमका शैक्षिक कार्यक्रमहरुमा शैक्षिक सत्र २०८०÷०८१ मा डिप्लोमा तथा प्रमाणपत्र तहको वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कोटामा प्रवेश परीक्षाका लागि आवेदन फाराम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना जारी गरेको छ। डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण एवं भर्ना सम्बन्धी निर्देशिका २०८०” बमोजिम परिषद्बाट सञ्चालन सम्बन्धन‚ वीकृति प्राप्त आङ्गिक, साझेदारी, टेक्स तथा निजी शिक्षालयहरूमा निर्धारण गरिएका वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कोटामा भर्नाका लागि प्रमाणपत्र तह नर्सिङ बाहेक तपसिल बमोजिम योग्यता पुगेका नेपाली नागिरिकहरूबाट २०८० साउन १२ गते भित्र रितपूर्वक आवेदन फाराम माग गरिएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

न्यूनतम योग्यता पुगेका आवेदकहरूले अनलाइनबाट बाट प्रवेश परीक्षा शुल्क तिरी अध्ययन गर्ने शिक्षालयहरू प्राथमिकीकरण परीक्षा केन्द्रको जिल्लाहरू छनोट गरि भर्नुपर्नेछ।

May be an image of text

कमेन्ट लोड गर्नुस