सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमालेका सांसदबाट खर्च कटौतीको प्रस्ताव दर्ता

२०८० असार ३०, ०६:०० खबर संवाददाता

धनगढीः  नेकपा एमालेले सुदूरपश्चिम प्रदेशसभामा खर्च कटौतीको प्रस्ताव दर्ता गराएको छ।

एमाले संसदीय दलकातर्फबाट प्रदेशसभा सदस्य धर्मराज पाठकले प्रदेशसभा नियमावली २०७४ को नियम १३४ को १(क) अनुसार प्रदेशसभा सचिवालयमा खर्च कटौतीको प्रस्ताव दर्ता गराएका हुन्। प्रदेशसभा सदस्य पाठकले खर्च कटौतीको प्रस्ताव अहिलेको सरकारले ल्याएको बजेटप्रतिको नीतिगत असमझदारी भएको बताए।

सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत मन्त्रालयका भवनहरु विकास तथा व्यवस्थित गर्ने कार्यका लागि १९ करोड विनियोजन गरेकाले खर्च कटौती गर्न माग गरिएको छ। प्रदेशसभाले प्रदेशको राजधानी कैलालीको गोदावरीमा राख्ने निर्णय गरिसकेकोमा उक्त निर्णयको अवज्ञा गरेको पनि एमालेले प्रस्तावमा उल्लेख गरेको छ।

एमालेले मन्त्रालयहरुको भवन निर्माणमा बजेट विनियोजन गर्दा अख्तियारको दुरुपयोग गरेको समेत आरोप लगाएको छ। बजेट असन्तुलित रहेको भन्दै सत्तारुढ गठबन्धनकै सांसदहरुले समेत असहमती जनाउदै विरोध गरेपछि अहिलेसम्म पारित हुन सकेको छैन।
 

कमेन्ट लोड गर्नुस