सुदूर नेपाललाई विश्वसँग जोड्दै

हरियाली धनगढी अभियानमा धनगढी इसाई समाजको साथ

२०८० असार ३०, ०५:४५ खबर संवाददाता

धनगढीः  धनगढी उपमहानगरपालिकाले अघि सारेको दोस्रो चरणको हरियाली धनगढी अभियानमा सहभागि हुँदै धनगढी इसाई समाजले पनि सहयोग गरेको छ। इसाई समाजले ६ वटा बिरुवा बराबर ३० हजार शनिबार नगरप्रमुख गोपाल हमाललाई हस्तान्तरण गरेको हो।

हरियाली प्रवद्र्धन गर्ने र धनगढीलाई पर्यावरणमैत्री बनाउने अभियानमा जनसमर्थन बढ्दै गएको छ। उपमहानगरपालिकाले यसका लागि हरियाली प्रवद्र्धन कोष नै स्थापना गरेर रकम जम्मा गर्न ४१७०१००३०५०१०००२ नम्बरको खाता नै सार्वजनिक गरेको छ।
 

कमेन्ट लोड गर्नुस