सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा भन्सार छलीका सामानसहित एक जना पक्राउ    

२०८० असार ३०, १०:२७ खबर संवाददाता

कैलालीः कैलालीमा भन्सार छलीका सामानसहित एक जना पक्राउ परेका छन्। भजनी नगरपालिका–४ का २८ वर्षीय खुसी राम चौधरीलाई शुक्रवार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

भन्सार छलीका अन्दाजी १ लाख ७७ हजार ५ सय मुल्य बराबरको चिनी, बोईलर कुखुराका, बिडी, प्लाष्टिक झिल्ली, मोटरसाईकल लगायतका सामानसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस्तै भीमदत्त नगरपालिका–१० होल्डिङ्ग सेन्टरबाट भन्सार छलीका अन्दाजी ९१ हजार मुल्य बराबरको फुटबल सुज, पेन, क्रिकेट बल, जेल पेन, लेमिलेशन पेपर लगायतका सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।
 

कमेन्ट लोड गर्नुस