सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको विकासलाई गिज्याइ रहेको यो सडक (तस्बिरसहित) 

२०८० असार ३०, ०९:०३ खबर संवाददाता

धनगढी: धनगढीको सबैभन्दा बढी भिडभाड र मानिसहरूको आवतजावत हुने ट्राफिक चौराहादेखि बिशालनगर जोडने सडक हिलाम्य हुँदा स्थानीय बासिन्दालाई आवत गर्न निक्कै समस्या भएको छ।

धनगढी उपमहानगरपालिका–३ को पुरानो गल्लीमा सामान्य झरी पर्दा हिलाम्य हुने हुँदा उक्त सडकमा मानिसहरूलाई आवतजावतमा समस्या भएको हो। यो गल्लीमा एक सय भन्दा वढी पसल छन्। सोराइ, शैपाल होटेल र थुप्रै रेस्टुरेन्ट यो गल्लीमा छन्। मानिसहरूको भिडभाड हुने यो सडकमा दैनिक सयौँ गाडी र मानिसहरूको आवत हुने गरे पनि मर्मतका लागि कसैको ध्यान पुगेको छैन्।

स्थानीय बासिन्दा र व्यवसायीले सडक मर्मतका लागी वडा र उपमहानगरपालिकालाइ पटक–पटक जानकारी गराउँदा पनि कसैको ध्यान नपुगेको स्थानीयको गुनासो छ। सुरुमा पिच रहेको सडक यो २०७४ साल अघि देखिनै भत्किन सुरु भएको हो। तत्कालीन वडा र  नगरका जनप्रतिनीधिलाइ पनि यसबारे जानकारी गराउँदा पनि सामान्य ग्राभेल हालेर टार्ने बाहेक वास्ता नगरिएको स्थानीय व्यवसायी दिब्यराज लम्सालले बताए।

No description available.

सडकमा पानी र हिलो जमेका कारण मानिसहरू भित्र छिर्न अप्ठेरो मान्न थालेपछि व्यापार व्यवसाय समेत प्रभावित भएको यहाँका व्यवसायीको गुनासो छ। अहिलेका वडा, नगर र प्रदेशका मन्त्रीहरू समेत यो बाटोमा दिनहुँ हुइकिन्छन तर सडकको हरविजोग हुँदा पनि कसैको ध्यान पुगेको छैन। धनगढी–३ का वडा अध्यक्ष दैनिक जसो यो बाटोमा हिडछन। उनलाई स्थानीयले मर्मतका लागि पटक–पटक हार गुहार पनि गरेका छन्।

तर उनले भत्किएको पिच माथि ग्राभेल छरेर सडक झनै कुरूप बनाएका छन्। छेउमै चिल्लो र हरियाली ६ लेन सडक त्यो सँगै जोडिएको यो सडकको दुरा अवस्थाले धनगढीको विकास लाइनै गिज्याइरहेको सह–प्राध्यापक उमेश जोशीले भने।

No description available.

बिशालनगर छिर्न धनगढीको वाणिज्य बैङ्क र ट्राफिक चौराहा गरी दुई वटा सडक छन तर दुवैको अवस्था नाजुक छ होटेल सोराइका एक जना सञ्चालक पदम विक्रम सिंहले भने– वढी पानी परेपछि ग्राहकहरू भित्र छिर्नै मान्दैनन्। यसै प्रदेश निर्वाचन क्षेत्रबाट चुनाव जितेका भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवाको समेत यो सडकमा ध्यान नपुगेको भन्दै स्थानीयले दुःख ब्यक्त गरेका छन्।

सडक त जिर्ण छ नै नाली समेत नहुँदा सुख्खा याममा समेत ढल सडकमा बगिरहेको हुन्छ। धनगढी उपमहानगर र वडा कार्यालयले विकासका नाममा बर्सेनि करोडौँ रकम खर्च गरिरहेको छ। नगरका अन्य सडकहरू धमाधम निर्माण र मर्मत पनि भएका छन्। तर धनगढीको पुरानो र दैनिक सयौँ मानिस र गाडी आवतजावत गर्ने यो सडक मर्मतमा किन उदासीनता देखाइएको होला? स्थानीय बासिन्दाले प्रश्न गरेका छन्।

No description available.

कमेन्ट लोड गर्नुस