सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रादेशिक प्रतिभा पुरस्कारबाट कैलालीका राना सम्मनित

२०८० असार ३०, ०८:३० खबर संवाददाता

धनगढीः प्रादेशिक प्रतिभा पुरस्कारबाट कैलालीका नन्दलाल राना सम्मनित भएका छन्।

नेपाल सरकारद्धारा स्थापित राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कारको संस्कृति विधातर्फ सुदूरपश्चिमका कैलाली निवासी राना पुरस्कृत भएका हुन्। नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्रदान भएको प्रादेशिक प्रतिभा पुरस्कार २०७९ रानालाई प्रादान गरिएको हो।

नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा शुक्रवार आयोजित कार्यक्रममा उक्त पुरस्कारबाट रानालाई सम्मान गरिएको छ। कार्यक्रममा २८ जनालाई विभिन्न विधामा प्रादेशिक पुरस्कार द्धारा सम्मानित गरिएको हो। राष्ट्रिय पुरस्कारबाट जम्मा ५० जना व्यक्तित्वहरुलाइ सम्मान गरिएको छ। विगत लामो समयदेखि रानाथारू संस्कृतिको क्षेत्रमा पुर्‍याएको योगदानको कदर स्वरूप कैलालीका रानालाई प्रादेशिक प्रतिभा पुरस्कार प्रदान गरिएको हो।

कमेन्ट लोड गर्नुस