सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा पुलका लठ्ठा चुँडिएपछि अनिश्चितकालका लागि आउजाउ बन्द 

२०८० असार २९, ०४:२८ खबर संवाददाता

दार्चुलाः  दार्चुलाको दत्तुमा रहेको महाकाली नदीको झोलुंगे पुलका लठ्ठा चुँडिएपछि आउजाउ अनिश्चितकालका लागि बन्द गरिएको छ।

नेपाल–भारत जोडने महाकाली नगरपालिका–९ दत्तुमा रहेको उक्त झोलुंगे पुलको भारत बलुवाकोटतर्फका लठ्ठा चुँडिएका हुन्। जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक सूचना जारी गर्दै प्राबिधिक जाँचपछि मात्रै आउजाउ खुल्ने भएकाले पुल प्रयोग नगर्न भनेको छ। यो नाकाबाट दिनहूँ सयौँले आवतजावत गर्छन।

महाकाली नगरपालिका, मालिकार्जुन र लेकम गाउँपालिकाका अधिकांस बासिन्दा दैनिक उपभोग्य सामान किनमेलका लागि समेत बलुवाकोट जाने गरेका छन्। प्रशासनले अर्को सूचना जारी नभएसम्मका लागि पुल बन्द रहने जनाएको छ।
आवतजात बन्द भएपछि दुबै देशका नागरिक मार्कामा परेका छन्।No description available.

कमेन्ट लोड गर्नुस