सुदूर नेपाललाई विश्वसँग जोड्दै

हरियाली धनगढी अभियानमा बेहडाबाबा मन्दिर व्यवस्थापन समितिको ५५ हजार सहयोग

२०८० असार २८, ०८:४८ खबर संवाददाता

धनगढीः  धनगढी उपमहानगरपालिकाले अघि सारेको दोस्रो चरणको हरियाली धनगढी अभियानमा धनगढी –१६ मा अवस्थित बेहडा बाबा मन्दिर व्यवस्थापन सेवा समितिको तर्फ बाट समितीका अध्यक्ष सहितको टोलीले ११ वटा बिरुवा बराबर ५५ हजार नगरप्रमुख गोपाल हमाललाई हस्तान्तरण गरेका छन्।

यस्तै सोहि अभियानका लागि जिन्दावाद जिमका सन्चालक रचित शाहले पनि एउटा बिरुवा बराबर पाँच हजार नगरप्रमुख हमाललाई हस्तान्तरण गरेका छन्। हरियाली प्रवद्र्धन गर्ने र धनगढीलाई पर्यावरणमैत्री बनाउने अभियानमा जनसमर्थन बढ्दै गएको छ।
 

कमेन्ट लोड गर्नुस