डडेल्धुरामा खोलाले बगाउँदा एक महिलाको मृत्यु

२०८० असार २८, ०६:०१
डडेल्धुराः डडेल्धुरामा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ।
जिल्लाको गन्यापधुरा गाउँपालिका –४ कि ६२ वर्षीया दुर्गा बोहराको खारी खोलाले बगाउँदा मृत्यु भएको हो। बोहरा बगेको खबर प्राप्त हुदासाथ घटना स्थलमा प्रहरी पुगेको थियो।
प्रहरीले महिलाको शव बगेको स्थानबाट एक किलोमिटर तल फेला पारेको जनाएको छ।


कमेन्ट लोड गर्नुस