सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सुर्तीसहित ५४ हजारका अवैध सामान बरामद

२०८० असार २८, ०३:१८ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा सुर्तीसहित झण्डै ५४ हजार मूल्यका अवैध सामान बरामद गरिएको छ। सशस्त्र प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर २ बाट ५३ हजार आठ सय ५० रुपैयाँ मूल्य बराबरका सुर्ती तथा लेडिज सुटहरु बरामद गरिएको हो।

सशस्त्र प्रहरी बल, नेपाल प्रस्ताविक सीमा सुरक्षा गुल्म त्रिनगरले बिहिवार बिहान अवैध भन्सार छलीका सामान बरामद गरेको छ। सशस्त्र प्रहरी सहायक निरीक्षक चेतेन्द्र मल्लको कमाण्डमा रहेको सात जनाको पैदल गस्ती टोलीले अवैध बेवारिस्य भन्सार छलीको समान बरामद गरेको हो।  
 

कमेन्ट लोड गर्नुस