सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको एक विद्यालयका १० जना विद्यार्थीलाई शैक्षिक सामाग्री  वितरण

२०८० असार २८, ०२:२३ खबर संवाददाता

डोटीः डोटीको सरस्वती माध्यमिक विद्यालयका १० जना विद्यार्थीले एक लाख मूल्य बराबरका शैक्षिक तथा अध्ययन सहयोग सामाग्री पाएका छन्। जिल्लाको केआईसिँह गाँउपालिकास्थित विद्यालयमा नेपाल–नर्वे जनसम्पर्क समाजका अध्यक्ष तथा युवा नेता जितेन्द्र विक्रम शाहीको उपस्थितीमा हेल्पिङ ह्याण्ड्स फर नेपाल–नर्वेले एक औपचारिक कार्यक्रमको आयोजना गरी शैक्षिक सामाग्रि वितरण गरेको हो।

विद्यालयका १० जना जेहेनदार तथा आर्थिक अवस्था कमजोर भएका तर अध्ययनमा अब्बल रहेका विद्यार्थीहरुले शैक्षिक सामग्री पाएका हुन्। विद्यालयले विभिन्न राष्ट्रियदेखि अन्तराष्ट्रिय संस्थाहरुबाट विद्यार्थीहरुको सहजताको लागि छात्रवृत्ति तथा शैक्षिक सामाग्रि वितरणको लागि पहल गर्दै आएको छ।

विद्यालयका प्रधानाध्यापक मिनबहादुर राणाले उक्त सहयोगले विद्यालयका जेहेनदार तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको अध्ययनमा सहयोग पुुग्ने बताए। साथै, उनले हेल्पिङ ह्याण्ड्स फर नेपाल नर्वेका अध्यक्ष विनोद बस्याल र  विद्यालयका भुतपूर्व विद्यार्थी जितेन्द्रबहादुर शाहीलाई धन्यवाद समेत ज्ञापन गरेका छन्।

नेपाल–नर्वे जनसम्पर्क समाजका अध्यक्ष तथा युवा नेता जितेन्द्र बिक्रम शाहीले आफु अध्ययन गरेको र आफ्नो बाल्यकाल बितेको बिद्यालयलाई आफु आवद्ध रहेको संस्थाबाट अध्ययन सामाग्रि वितरण गर्न पाउदा खुशी महशुस भएको बताएका छन्। साथै उनले हेल्पिङ ह्याण्ड्स फर नेपाल–नर्वे संस्थाले नेपालमा रहेका विभिन्न विद्यालयका जेहेनदार, गरिब तथा आर्थिक स्थिति कमजोर भएका बिद्यार्थीलाई शैक्षिक सामाग्रि वितरण गर्दै आएको बताए।

कार्यक्रममा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष तथा केआई सिँह गाँउपालिका वडा नम्बर ५ का पूर्व वडा अध्यक्ष रामचन्द्र राणा, विद्यायलका प्रधानाध्यापक मिनबहादुर राणा, नेपाल–नर्वे जनसम्पर्कका अध्यक्ष जितेन्द्रबहादुर शाही, विद्यालयका लेखापाल गोबिन्द राणा, शिक्षक बहादुर राणा, कर्ण रावल, अभिन्द्र रावल, रघुनाथ जोशी, मिन राणा, कर्ण राणा लगायत विद्यार्थीको उपस्थिती रहेको थियो।
 

कमेन्ट लोड गर्नुस