हरियाली धनगढी अभियानमा डिल्लीराज, ज्ञानु र मिनाको साथ

धनगढीः धनगढी उपमहानगरपालिकाले अघि सारेको दोस्रो चरणको हरियाली धनगढी अभियानमा सहभागी हुदै स्व.आमाबुवा रतनदेव फुलारा र रम्भा देवी फुलाराको स्मृतिमा उनका छोरा धनगढी–१ का डिल्लीराज फुलाराले दुईवटा बिरुवा बराबर १० हजार सहयोग गरेका छन्।
यस्तै सोहि अभियानमा सहभागि हुदै स्व.चित्र शाहको स्मृतिमा धनगढी –४ निवासी उनकि श्रीमती ज्ञानु शाह र छोरा सबिन शाहले एउटा बिरुवा बराबर पाँच हजार नगद नगरप्रमुख गोपाल हमाललाई हस्तान्तरण गरका छन्।यस्तै सोहि अभियानमा सहभागि हुदै स्व. चन्द्रभान द्वारिकाको स्मृतिमा गोदावरी –२ कि उनकि छोरी मिना द्धारिकाले एउटा बिरुवा बराबर पाँच हजार नगद नगरप्रमुख हमाललाई हस्तान्तरण गरेकि हुन्।

