सुदूर नेपाललाई विश्वसँग जोड्दै

बजाजको एनएस २०० र एनएस १६० धनगढीमा, मूल्य कति ?

२०८० असार २७, ०७:१० खबर संवाददाता

धनगढीः धनगढीमा बजाजको नयाँ पल्सर एनएस २०० र एनएस १६० सार्वजनिक गरिएको छ। नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालि (गोल्छा ग्रुप)ले धनगढीको दिनेश अटोमोटिभमा पठाएको हो। 

यी दुवै अत्याधुनिक मोडलहरूले नेपाली राइडरहरूको बाइकिङ अनुभवलाई नयाँँ परिभाषा दिने कम्पनीको विश्वास छ।गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भने, ‘हाम्रा दुई नयाँ बाइकहरू पल्सर एनएस २०० र पल्सर एनएस १६० बजारमा ल्याउन पाउँदा हामी एकदमै उत्साहित छौँ। नयाँँ नयाँँ विशेषता सहितको अत्याधुनिक बाइकहरु ल्याएर हाम्रा राइडरहरुको राइडिङ अनुभवलाई निरन्तर परिष्कृत गर्दै लैजाने हाम्रो प्रतिबद्धता रहने छ। बजाजका यी नयाँँ बाइकहरुले पनि सधैँ झैँ नेपाली राइडरहरुको विश्वास जित्नेछन् भन्ने विश्वास हामीले लिएका छौँ।’

पल्सर एनएस २०० यूएसडी
कम्पनीका अनुसार नयाँ पल्सर एनएस २०० यूएसडी एक यस्तो दुई–पाङ्ग्रे सवारी साधन हो, जुन सडकमा हावी हुने र सवारी गर्ने राइडरको जोशलाई जगाउन डिजाइन गरिएको हो। यस पल्सर एनएस २०० मा १९९.५ सीसीको लिक्विड कूल्ड तथा फ्युल इन्जेक्सन टेक्नोलोजी सहितको अत्याधुनिक बीएसभीआई इन्जिन रहेको छ।

यस मोटरबाइकले ९७५० आरपीएममा २४.५ पीएसको पावर आउटपुट र ८००० आरपीएममा १८.७४ एनएमको टर्क प्रदान गर्दै यो पावरहाउसले रोमाञ्चक एस्क्सिलरेसन र उत्साहजनक पर्फर्मेन्स प्रदान गर्दछ।
पल्सर एनएस २०० यूएसडीले आकर्षक र आक्रामक डिजाइनका साथमा नयाँ फिचर र कार्यक्षमतालाई एकसाथ ल्याएको छ जसले सडकमा सबैको ध्यानाकर्षण गर्दछ। यसले विशिष्ट सवारी अनुभव सुनिश्चित गर्दै उल्लेखनीय स्थिरता र सटीक ह्यान्डलिङ प्रदान गर्ने कम्पनीले जनाएको छ।

पल्सर एनएस १६० यूएसडी
यस्तै, कम्पनीका अनुसार पावर–प्याक्ड र रमाईलो बजाज पल्सर एनएस १६० यूएसडी एक गतिशील बाइक हो जुन राईडरको सवारी अनुभवलाई निखार्न र उनीहरुको नयाँ नयाँ ठाउँहरु एक्स्प्लोर गर्ने चाहनालाई मुर्त रुप दिन डिजाइन गरिएको हो।

पल्सर एनएस १६० यूएसडी मा १६०.३ सीसीको आयल कूल्ड तथा फ्युल इन्जेक्सन टेक्नोलोजी सहितको बीएसभीआई इन्जिन रहेको छ। ९००० आरएमपीमा १७ पीएसको अधिकतम पावर र ७२५० आरएमपीमा १४.६ एनएमको टर्क प्रदान गर्दै यो पावर हाउसले रोमाञ्चक गती र प्रतिक्रियाशील कार्यसम्पादन दिन्छ। आकर्षक डिजाइन र स्टाइलिस फिचर्सका साथ पल्सर एनएस १६० यूएसडी ले सबैको ध्यान आकर्षित गर्छ। साहसिक पल्सर एनएस १६० यूएसडी को उत्कृष्ट ह्यान्डलिङ र गतिशीलता सँग कुनै सीमा रहने छैन।

पल्सर एनएस २०० र एनएस १६० अहिले नेपाली बजारमा क्रमशः चार लाख २४ हजार ९०० र तीन लाख ८४ हजार ९०० मा उपलब्ध छन्।
 

कमेन्ट लोड गर्नुस