सुदूर नेपाललाई विश्वसँग जोड्दै

ब्लड क्यान्सरबाट ग्रसित डोटीका २२ बर्षिय युवाको चित्कार ‘म बाँच्न चाहान्छु’

२०७६ वैशाख ६, ११:१६ खबर संवाददाता

डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नं. ६ गगुडा धौनायाका २२ बर्षिय अर्जुन बोगटी ब्लोड क्यान्सरले थलिएका छन्। मोहनदाई ओशवाल हस्पीटल लुधियानामा उपचार गरिरहेका उनकोे आर्थिक अवस्था कमजोर भएका कारण उपचार गर्न समस्या भएको उनले बताए। 

उनले भने, ‘घरको आर्थीक अवस्था कमजोर भएका कारण, बीचमै पढाई छोडेर काम गर्न भारत आए, बिरामी भएपछि चेकजांच गर्दा ब्लड क्यान्सर भएको थाहा पाएँ।’ उनले मन्दस्वरमा भने, म बाँच्न चाहान्छु, मेरो ‘पारिवारिक अवस्था कमजोर छ, म संग एक लाख मात्र थियो त्यो पनि चेकजांचमै सकियो, अस्पतालले १६ लाख नेपाली भएमा उपचार सम्भव छ भनेको छ। म कहाँबाट ल्याउं ? उनले आफुवाटै आफ्नो उपचार हुन नसक्ने भन्दै सहयोग गर्न अपिल गरेका छन। 

उनलाई मध्यम खालको क्यान्सर भएका कारण उपचार सम्भव रहेको तर भारतीय १० लाख रुपैँर्या  लाग्ने मोहनदाई ओशवाल हस्पीटल लुधियानाका डाक्टर रमन अरोडाले बताए। अहिले तत्कालै त्यति धेरै पैंसा नभएकोले उनलाई डेरामा ल्याएर राखेको उनि संगै काम गर्ने श्याम चन्दले बताए।

उपचारका लागि सहयोग गर्न चाहने व्यक्तीले अर्जुन बोगटीको खातामा (अर्जुन कुमार) पञ्जाब नेश्नल बैँक खाता नंं ०३०२०००१०५३४४९२१ मा जम्मा गर्न सक्नु हुन्छ। सम्पर्कका लागी अर्जुन बोगटीको नम्बर ००९१८९६८३७१९६३ र बोगटीका साथी श्याम चन्दको सम्पर्क नं. ००९१८८४७६२१५२३ मा सम्पर्क गरि आर्थीक सहयोग गरि दिन पनि उनले अनुरोध गरेका छन। नेपालबाट सहयोग गर्न चाहाने ब्यक्तीले अर्जुन बोगटीका साला नाता पर्ने प्रेम चन्दको फोन ९८६५७५४३३९ मा सम्पर्क गर्न सकिने छ।

कमेन्ट लोड गर्नुस