सुदूर नेपाललाई विश्वसँग जोड्दै

हरियाली धनगढी अभियानमा जोशी र शाहको साथ

२०८० असार २७, ०४:२५ खबर संवाददाता

धनगढीः  धनगढी उपमहानगरपालिकाले अघि सारेको दोस्रो चरणको हरियाली धनगढी अभियानमा सहभागि हुँदै धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोलका भिष्मराज जोशीका नाति प्रतीक जोशीले आफ्नो हजुरबुवाको स्मृतीमा  एउटा बिरुवा बराबर पाँच हजार नगरप्रमुख गोपाल हमाललाई हस्तान्तरण गरेका छन्।

यस्तै सोहि अभियानका लागि जिन्दावाद जिमका सन्चालक रचित शाहले पनि एउटा बिरुवा बराबर पाँच हजार नगरप्रमुख हमाललाई हस्तान्तरण गरेका छन्। हरियाली प्रवद्र्धन गर्ने र धनगढीलाई पर्यावरणमैत्री बनाउने अभियानमा जनसमर्थन बढ्दै गएको छ।May be an image of 2 people

उपमहानगरपालिकाले यसका लागि हरियाली प्रवद्र्धन कोष नै स्थापना गरेर रकम जम्मा गर्न ४१७०१००३०५०१०००२ नम्बरको खाता नै सार्वजनिक गरेको छ।
 

कमेन्ट लोड गर्नुस