हरियाली धनगढी अभियानमा टोपबहादुर केसीको साथ

धनगढीः धनगढी उपमहानगरपालिकाले अघि सारेको दोस्रो चरणको हरियाली धनगढी अभियानमा सहभागि हुँदै स्वर्गीय कुशल खत्री र स्वर्गीय फागी खत्रीको स्मृतिमा धनगढी–३ का टोपबहादुर केसीले दुईवटा बिरुवा बराबर १० हजार नगद नगरप्रमुख गोपाल हमाललाई हस्तान्तरण गरेका छन्।
हरियाली प्रवद्र्धन गर्ने र धनगढीलाई पर्यावरणमैत्री बनाउने अभियानमा जनसमर्थन बढ्दै गएको छ। उपमहानगरपालिकाले यसका लागि हरियाली प्रवद्र्धन कोष नै स्थापना गरेर रकम जम्मा गर्न ४१७०१००३०५०१०००२ नम्बरको खाता नै सार्वजनिक गरेको छ।

