सुदूर नेपाललाई विश्वसँग जोड्दै

हरियाली धनगढी अभियानमा अग्रवाल दम्पत्तिको साथ

२०८० असार २७, ०१:५९ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिकाले अघि सारेको दोस्रो चरणको हरियाली धनगढी अभियानमा सहभागि हुँदै स्वर्गीय बुवा नन्दलाल अग्रवाल र स्वर्गीय आमा स्वमणी देवी अग्रवालको स्मृतिमा धनगढी उपमहानगरपालिका–४ गोयल टेडिङ धनगढीका सञ्चालक एवं (छोरा–बुहारी) शिवप्रसाद अग्रवाल र सिमा अग्रवालले दुईवटा बिरुवा बराबर १० हजार रुपैयाँको चेक नगरप्रमुख गोपाल हमाललाई हस्तान्तरण गरेका छन्।

हरियाली प्रवद्र्धन गर्ने र धनगढीलाई पर्यावरणमैत्री बनाउने अभियानमा जनसमर्थन बढ्दै गएको छ। उपमहानगरपालिकाले यसका लागि हरियाली प्रवद्र्धन कोष नै स्थापना गरेर रकम जम्मा गर्न ४१७०१००३०५०१०००२ नम्बरको खाता नै सार्वजनिक गरेको छ। 
 

कमेन्ट लोड गर्नुस