राष्ट्रिय सभा बैठक स्थगित, भोलि बस्ने
२०८० असार २७, १०:१८
काठमाडौं: राष्ट्रिय सभाको बैठक स्थगित भएको छ। बुधबार बिहान ११ बजेका लागि तय भएको बैठक भोलि बस्नेगरी स्थगित भएको हो।
विशेष कारणवस स्थगित भएको बैठक भोलि बिहान १० बजे बस्ने संघीय संसद् सचिवालयले जानकारी दिएको छ। बैठकमा बुधवार विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने सम्भावित कार्यसूची थियो।
कमेन्ट लोड गर्नुस