सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरमा भन्सार छलीका सामान बरामद

२०८० असार २७, १०:१५ खबर संवाददाता

धनगढीः कैलाली र कञ्चनपुरमा भन्सार छलीका सामानहरु बरामद गरिएको छ।

कैलालीको धनगढी उपमहानगरपालिका–३ मिलन चोकमा चटकपुर र टिकापुर नगरपालिका वडा नम्बर–९ खक्रौलापुल नजिकबाट अबैध भन्सार छलीगरि ल्याएका अन्दाजी ३३ हजार २ सय ७४ बराबरको चिनी, सुर्ती, बिडी, पास्ता, प्लाष्टिक झिल्ली लगायतका सामानहरु मंगलवार साँझ प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

यस्तै कञ्चनपुरको बेलौरी नगरपालिका–२ बैजुडाडाँबाट अबैध भन्सार छलीगरि ल्याएका अन्दाजी १३ हजार मुल्य बराबरको सोडा चिनी लगायतका सामानहरु मंगलवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी बरामद गरेको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस