हरियाली धनगढी अभियानमा लक्ष्मीनारायण मन्दिरको साथ
धनगढीः धनगढीको हरियाली अभियानमा लक्ष्मीनारायण मन्दिर सन्चालक समितिले सहयोग गरेको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर–१ एल.एन. चोकमा रहेको लक्ष्मी नारायण मन्दिर सन्चालक समितिको तर्फबाट ५५ हजारको सहयोग गरिएको हो।
धनगढीका नगर प्रमुख गोपाल हमाललको निजी सचिवालयका अनुसार समितिको तर्फबाट स्वामी १००८ देवराज आचार्यका उत्तराधिकारी स्वामी जगन्नाथ आचार्यको उपस्थितिमा ‘हरित धनगढी’ अभियानमा जनसहभागीता सहित ११ वटा बिरुवा बराबरको रकम हस्तान्तरण गरेका हुन्।
हरित धनगढी अभियानमा साथ दिने व्यक्ति तथा संघसंस्थाको सहभागिता बढ्दै गएको छ। सहरी क्षेत्रको वृक्षारोपणका लागि थालेको अभियानमा दैनिक सहयोगी दाताको संख्या बढ्दो छ। धनगढी उपमहानगरपालिकाले वृक्षारोपण, ट्री–गार्ड तथा बिरुवाको संरक्षण गर्दै आएको छ। त्रिनगर भन्सारदेखि गोदावरी नगरपालिकाको सिमा क्षेत्रसम्मको सडकको दुबैतिर ट्री–गार्डसहित वृक्षारोपणको काम तीव्र गतिमा भइरहेको छ।