सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट २ लाख ६० हजारका अवैध मोबाइल बरामद

२०८० असार २६, ०९:५५ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीबाट २ लाख ६० हजारका अवैध मोबाइल बरामद गरिएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर २ बाट २ लाख ६० हजारका विभिन्न कम्पनीका मोबाइल बरामद गरिएको हो। 

मंगलवार साढे १२ बजे सीमा सुरक्षा गुल्म त्रिनगरबाट सशस्त्र प्रहरी नायव निरीक्षक अमृतबहादुर कठायतको कमाण्डमा रहेको पाँच जनाको पैदल गस्ती टोलीले  २ लाख ६० हजारका बेवारिसे मोबाइल फोन बरामद गरेको हो।

सशस्त्र प्रहरीका अनुसार रियल मि सी२२ का दुई थान, रियलमि सी३३ का १० थान र नार्जाे एन५३ का सात थान बरामद गरिएको हो। भन्सार छलीका २ लाख ६० हजार मूल्य बराबरका मोबाइल कैलाली भन्सार कार्यालयमा दाखिला गरिएको छ। 
 

कमेन्ट लोड गर्नुस