सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट कटुवा पेस्तोल बरामद

२०८० असार २६, ०९:४१ खबर संवाददाता

धनगढीः धनगढीबाट कटुवा पेस्तोल बरामद गरिएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १९ आँखाफुटीबाट कटुवा पेस्तोल बरामद गरिएको हो। 

नेपाल–भारतर सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले बेवारिस्य कटुवा तेस्तोल फेला पारेको बताएको छ। म‍ंगलवार सशस्त्र प्रहरी नायव निरिक्षक कृष्णबहादुर थापाको कमाण्डमा खटिएको सात जनाको पैदत गस्ती टोलीले सहायक सीमा स्तम्भ ७३७/३ क्षेत्रबाट पेस्तोल फेला पारेको हो।

सीमा क्षेत्रमा गाईगोरु हेर्न बनाएको खरको गोठमा प्लास्टिकमा बेरेर राखिएको अवस्थामा पेस्तोल फेला परेको सशस्त्र प्रहरीले बताएको छ। बिओपी लल्लिपुरको सशस्त्र प्रहरीको गस्ती टोलीले पेस्तोल फेला पारेको हो। 
 

कमेन्ट लोड गर्नुस