पाँच सय जरिबाना तोकिएका कैलालीका दुई युवा धनगढीबाट पक्राउ

धनगढीः कैलालीका दुई युवा पक्राउ परेका छन्। जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ६ का २६ वर्षिय गोविन्द खत्री र २५ वर्षिय जनक धामी पक्राउ गरेका हुन्।
सुदूरपश्चिम प्रदेश प्रहरी, धनगढीका अनुसार उनीहरुलाई २०७३ जेठ ३ गते सार्वजनिक हित विरुद्धको कसुर मुद्दामा जनही पाँच सय जरिबाना तोकिएको थियो।
फरारको सूचीमा रहेका उनीहरुलाई कैलाली प्रहरीले मंगलवार धनगढीबाट पक्राउ गरेको हो। उनीहरुलाई जिल्ला अदालत कैलालीमा पेश गरिएको छ।
.gif)

