सुदूर नेपाललाई विश्वसँग जोड्दै

एसईई दिएर बसेका विद्यार्थीका लागि एनसेलको पहिलो सिम अफर

। फोटो स्रोत ।
२०७६ वैशाख ६, १०:२७

नेपालको निजी क्षेत्रको टेलिकम संचालक एनसेलले एसईई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै पहिलो सिम अफर प्रस्तुत गरेको छ। यो पहिलो सिमको मूल्य केवल १ रुपैयाँ कायम गरिएको छ। सिममा दिन र रातको डाटा प्याकहरु, प्रत्येक पटकको रिचार्जमा एसएमएस र डाटा बोनस तथा माइ फाइभ समावेश छन्।

विद्यार्थीहरुले सिम आफ्नो नजिकैको एनसेल सेन्टरबाट प्राप्त गर्न सक्नेछन्। सिम प्राप्त गर्न विद्यार्थीहरुले एसईईको प्रवेश पत्र र अभिभावकको नागरिकताको प्रतिलिपि र पासपोर्ट साइजको फोटो एक थान लिएर जानु पर्नेछ।

पहिलो सिमका अफरहरु 

एसईई सिममा समाविष्ट अफरहरु अन्तर्गत मात्र १७.७० रुपैयाँमा दैनिक डाटा प्याकहरु ः दिनको प्याकमा ३०० एमबी, जुन बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म कायम रहनेछ र रातको प्याकमा असीमित इन्टरनेट, जुन राति ११ बजेदेखि बिहान ७ बजेसम्म कायम रहनेछ। सिम सुचारु गरेपछि यदी ग्राहकले ५० रुपैयाँ र वा त्यसभन्दा बढीको रिचार्ज गरेमा बदलामा २४ घण्टाको लागि १०० एमबी डाटा र १०० एसएमएस सित्तैमा प्राप्त गर्नेछन्।

यस्तै माइ फाइभ सेवा एक वर्षको लागि निःशुल्क प्राप्त हुनेछ, जसमा ग्राहकले कुनै पनि ५ वटा एनसेल नम्बरहरुसँग ३० दिनका लागि  ० पैसामा र ३० दिनपछि ०.९९ पैसामा ११ महिनाको लागि जोडिन सक्नेछन्। यो पहिलो सिम अफर यही २०७६ वैशाख ६ गतेदेखि ९० दिनसम्म लागू गरिएको छ। थप जानकारी १७१०३ डायल गरी प्राप्त गर्न सक्नु हुनेछ। साभार - उज्यालोअनलाइन
 

कमेन्ट लोड गर्नुस