सुदूर नेपाललाई विश्वसँग जोड्दै

हरियाली धनगढी अभियानमा दिनेश सञ्चार गृहको साथ

२०८० असार २६, ०५:१७ खबर संवाददाता

धनगढीः दोस्रो चरणको हरियाली धनगढी अभियानमा दिनेश सञ्चार गृहले पनि साथ दिएको छ। धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको दोस्रो चरणको हरियाली धनगढी प्रबद्र्धनमा साथ दिँदै दिनेश सञ्चार गृहले दुईवटा विरुवाका लागि १० हजार रुपैयाँ सहयोग गरेको हो।

सञ्चार गृहकी स्टेशन म्यानेजर अमिता कुँवरले उपमहानगरपालिकाले अघि सारेको अभियानलाई मुर्तरुप दिन नगरप्रमुख गोपाल हमाललाई १० हजार रुपैयाँको चेक हस्तान्तरण गरेकी हुन।

धनगढीको त्रिनगर भन्सारदेखि गोदावरी नगरपालिकाको सिमानासम्म ६ लेन सडकको दुवै किनारमा वृक्षारोपण गर्ने काममा सहयोग पुगोस भन्ने उद्देश्यले दिनेश एफएम प्रालि र  दिनेश सञ्चार गृहको  तर्फबाट  सो अभियानमा सहभागिता जनाउँदै एक/एक वटा बिरुवा बराबर १० हजार रुपैयाँ सहयोग गरिएको दिनेश सञ्चार गृहकी प्रबन्धक समेत गरकी कुँवरले बताइन्। उपमहानगरपालिकाले थालेको यस अभियानमा जोडिनेको संख्या बढ्दै गएको छ।

कमेन्ट लोड गर्नुस