सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा भन्सार छलीका सामान बरामद    

२०८० असार २६, ०१:०१ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्लाको भिमदत्त नगरपालिका–५ मा भन्सार छलीगरि ल्याएका अन्दाजी २३ हजार मुल्य बराबरको लेडिज जुत्ता, बिडी, खाने तेल लगायतका सामानहरु सोमवार साँझतिर प्रहरीले बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको हो।

यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका–४ लोहनीचोकबाट अबैध भन्सार छलीका अन्दाजी १२ हजार मुल्य बराबरको चिनी सोमवार दिउँसो प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको जनाइएको छ।
 

कमेन्ट लोड गर्नुस