सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज र भोलि देशभर भिटामिन ए कार्यक्रम सञ्चालन हुँदै

। फोटो स्रोत ।
२०७६ वैशाख ६, १०:२२ खबर संवाददाता

दोश्रो चरणको राष्ट्रिय भिटामिन ए कार्यक्रम शुक्रबार र शनिबार सञ्चालन हुँदैछ। अभियान अन्तर्गत शुक्रबार र शनिबार ७७ वटै जिल्लाका ६ महिनादेखि ५ पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने छ। कर्मचारी समायोजनले स्वास्थ्यकर्मी अन्यौलमा परे पनि खोप कार्यक्रम भने प्रभावित नहुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्थानीय तह समन्वय शाखाले सबै स्थानीय तहलाई भिटामिन ए कार्यक्रम सहजीकरण गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यक्रम सहजीकरणका लागि सबै स्थानीय तहलाई सूचित गरिदिन चैत १३ गते सामान्य प्रशासन मन्त्रालयलाई पत्रचार गरेको थियो। 

पहिलो चरण अन्तर्गत यसअघि भिटामिन ए र जुकाको औषधि खुवाएका बालबालिकालाई यसपटक पनि खुवाउनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए।  

कमेन्ट लोड गर्नुस