कैलालीको फल्टुडेमा कुखुरा बोकेको गाडी दुर्घटना, चालक फरार

धनगढीः कैलालीको फल्टुडेमा कुखुराका चल्ला र दाना बोकेको गाडी (बोलेरो जिप) दुर्घटनामा परेको छ।
धनगढीबाट दिपायल–सिलगढी नगरपालिकाको पिपल्ला जाँदै गरेको से १ प ६१५६७ नम्बरको जिप फल्टुडेमा दुर्घटना भएको हो। कालासैन सप्लायर्सको दाना र चल्ला बोकेको जिप दुर्घटनामा परेको सप्लायर्सका सञ्चालक वीरेन्द्र पार्कीले बताए। उनका अनुसार जिप दुर्घटना हुँदा दुई हजार चल्ला मरेका छन् भने दाना काम नलाग्ने भएको छ।
चल्ला र दानासहित करिब तीन लाखसम्मको नोक्सान भएको उनले बताए। जिप चालक शिरिष खड्का फरार रहेको उनको भनाई छ। जिप नालिमा खसेको हो।



