सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा जेसिबि दुर्घटना, चालक घाईते

२०८० असार २५, १२:१४ खबर संवाददाता

बझाङः बझाङमा जेसिबि दुर्घटना भएको छ। जिल्लाको छबिस पाथिभेरा गाउँपालिकामा जेसिबि दुर्घटना भएको हो। आज (सोमवार) बिहान ६ बजे  छबिस पाथिभेराको वडा नम्बर–४ को ब्यासी बजारको बालुवा खानीमा बा ३ झ २३३५ नम्बरको जेसिबि दुर्घटना भएको प्रहरीले बताएको छ।

उक्त जेसिबि बिद्या ज्योती कन्ट्रक्सनको रहेको जनाइएको छ। दुर्घटना हुँदा जेसिबि चालक नुवाकोट बिदुर नगरपालिका–११ का अन्दाजी २८ वर्षीय युवराज तिमिल्सेना घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। उनलाई उपचारको लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ। जेसिबि सडकबाट २५० मिटर तल खसेकाले पुर्ण रुपमा क्षती भएको जनाइएको छ।
 

कमेन्ट लोड गर्नुस