सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको टीकापुरमा लागुऔषधसहित २ जना पक्राउ

२०८० असार २५, १०:३८ खबर संवाददाता

धनगढीः कैलालीको टीकापुरमा लागुऔषधसहित २ जना पक्राउ छन्। टीकापुर नगरपालिका वडा नम्बर–१ गणेशपुरमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले २५ वर्षीय अनिल चौधरी र ब्लक नम्बर–१९ का २५ वर्षीय डायमण्ड बिक्रम शाहलाइ आइतवार पक्राउ गरेको हो।

शंकालागि चेकजाच गर्दा शाहले लगाएको हाफ पाईन्टको दाँया तर्फको खल्तिमा लुकाई छिपाइ राखेको १८० मिलिग्राम खैरो हेरोइन र चौधरीले बोकेको झोला भित्र ५२० मिलिग्राम लागुऔषध फेलापारी उनीहरुलाई नियन्त्रणमा लिइएको हो।

चौधरीको घरको कोठासमेत खानतलासी गर्दा कोठाबाट २ ग्राम ९०० मिलिग्राम लागुऔषध फेला पारी बरामद गरेको प्रहरीले बताएको छ। दुबैलाई नियन्त्रणमा राखि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय टिकापुरले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस