सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरका दुई स्थानबाट भन्सार छलीका सामान बरामद

२०८० असार २४, ०६:४८ खबर संवाददाता

धनगढीः कैलाली र कञ्चनपुरका दुई स्थानबाट भन्सार छलीका सामान बरामद गरिएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका–३ तिनतारा नजिकबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

करिब एक लाख ६ हजार तीन सय मुल्य बराबरका चप्पल, चिनी, खाने तेल, जुत्ता, डिटोल साबुन, बिस्कुट लगायतका सामान प्रहरी गस्ती टोलीले आईतवार बिहान बेवारिसे अवस्थामा बरामद गरेको हो।

त्यस्तै कैलालीको धनगढी उपमहानगरपालिका–१२ उद्यमसिल टोलबाट पनि भन्सार छलीका सामान बरामद गरिएको छ। करिब  २४ हजार पाँच सय मुल्य बराबरका सुर्ती, पास्ता, गुडलगायतका सामान प्रहरी गस्ती टोलीले आईतवार नै बेवारिसे अवस्थामा बरामद गरेको बताइएको छ।

कमेन्ट लोड गर्नुस