सुदूर नेपाललाई विश्वसँग जोड्दै

ललिता निवास प्रकरणमा थप दुई जना पक्राउ

२०८० असार २४, ०५:०९ खबर संवाददाता

काठमाडौँः  ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार थप दुई जनालाई पक्राउ गरेका छ। समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र तत्कालीन नापी अधिकृत ध्रुव अर्याललाई पक्राउ गरेकोे ब्युरोका  एसएसपी दिनेश आचार्यले बताए। सरकारको नाममा रहेको ललिता निवासको जग्गा व्यक्तिको नाममा बनाउँन उनीहरूको भूमिका देखिएकाले पक्राउ गरिएको आचार्यले बताए।

पञ्चायतकालमा सरकारले सुवर्णसमशेरलाई राजद्रोहको अभियोग लगाएर उनको नाममा भएको ललिता निवासको १४ रोपनी जग्गा जफत गरेको थियो। ललिता निवासको बाँकी २८५ रोपनी जग्गा सरकारले २०२१ सालमा अधिग्रहरण गरेको थियो। अहिले सोही जग्गा चार चरण गरी विभिन्न व्यक्तिहरूले १४३ रोपनी जग्गा आफ्नो नाममा गरेका हुन्।
 

कमेन्ट लोड गर्नुस